Skip to content
J

Business details

Jaya Manakamana Saving & Credit Co-operative Society Ltd

सहकारीलाई एउटा सशक्त आन्दोलनको रुपमा विकास गरी स्थानीयरुपमा समाधान गर्न सकिने समस्यालाई स्थानिय पहलमा हल गर्ने प्रयासअनुरुप लामाचौरका केही उत्साही उद्यमी युवा एवं बुद्धिजीवीहरुको पहलमा २०५५ सालमा अनौपचारिक रुपमा र सहकारी ऐन–२०४८ को दफा ५ बमोजिम २०५७ जेठ१७ गते यस जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको स्थापना भई सञ्चालनमा आएको हो । समान आकांक्ष र उद्देश्य भएका मानिसहरुबीच समन्वय गरी संस्थाले निरन्तर रुपमा कार्य सञ्चालन एवं सम्पादन गर्दै आएको छ । स्थापनाकालदेखि नै यस संस्थाले छरिएर रहेको पुँजीलाई बचतको रुपमा संकलन गरी सदस्यहरुमा बचतको बानी बसाल्ने, संस्था मार्फत व्यवसाय सञ्चालन गर्ने एवं संकलित रकमलाई सरल रुपमा सदस्यहरुलाई कर्जाको रुपमा प्रवाह गरी आयमूलक क्षेत्रहरुमा लगानी गरी सदस्यको व्यक्तिगत एवं संस्थागत हितलाई ध्यानमा राखी वित्तीय सेवामा अग्रणी भूमिका खेल्ने उद्देश्य यस संस्थाले लिएको छ । स्थानीय उद्यमी, समाजसेवी तथा बुद्धिजीवीहरुको सक्रिय सहभागिता र संरक्षकत्वमा यस संस्थाले पारदर्शी व्यवस्थापन मार्फत दक्ष जनशक्ति लिएर बचतकर्ताहरुको निक्षेपलाई अझ प्रभावकारी ढंगले परिचालन गर्ने लक्ष लिएको छ । संस्थाले ग्राहकलाई छिटो छरितो सेवा प्रदान गर्न नयाँ कम्प्यूटर सफ्टवेयरबाट कारोबार सञ्चालन गर्दै आएको छ । भविष्यमा एक प्रतिष्ठित को–अपरेटिभ बैंकको रुपमा विकसित गर्ने यस संस्थाको उद्देश्य रहेको छ ।

0

0 reviews

Lamachaur, Pokhara-19, Kaski
http://www.jayamanakamana.coop.np/
+97761441900

Comments and Ratings

0 reviews from customers

Write a Review